बादललाई हराउँदै खिमलाल देवकाेटा राष्ट्रिय सभा सदस्य निर्वाचित
नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएकाे छ ।
आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको हो।
एमाले उम्मेदवार थापाकाे पक्षमा माहाेल बनाउन शिक्षा मन्त्री कृष्णगाेपाल श्रेष्ठ, पूर्वमन्त्री गाेकूल बाँस्काेटा लगायतकाे टाेली हेटाैडा पुगेकाे थियाे ।
देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो। संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार बन्नुभएकाे थियाे ।
निर्वाचन आचार संहिता जारी भएपछि पनि प्रधानमन्त्री स्वयंले एमाले उम्मेदवारकाे पक्षमा मतदान गर्न चेतावनीकाे शैलीमा विज्ञप्ति जारी गर्नुभएकाे थियाे ।
Facebook Comments

