संविधानमाथि संकट !

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानमाथि संकट सिर्जना भएकाे बताउनुभएकाे छ ।

संविधानकाे रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा काँधमा आएको पनि मुख्यमन्त्री पाेखरेलकाे दावी रहेकाे छ ।

प्रजातान्त्रिक विचार समाज कास्कीले गरेकाे ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले  काँग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक संविधानको रक्षार्थ काँग्रेस नै अग्रसर हुनुपर्ने अवस्था आएकाे बताउनुभयाे ।

कार्यक्रमका वक्ताहरूले संविधानमाथि संकट आएका अवस्थामा प्रजातन्त्रवादी शक्ति एकजुट भएर यसको रक्षार्थ लाग्नुपर्ने औंल्याएका थिए ।

Facebook Comments