सुदुरपश्चिम सरकार सम्बन्धि रिटकाे पूर्ण इजलासमा सुनुवाइ हुने
सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीहरूकाे संख्या संविधानले ताेकेभन्दा धेरै भएकाे भन्दै परेकाे रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सूदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुको संख्या प्रदेशसभाको २० प्रतिशतभन्दा बढी हुँदा संविधानको विरुद्धमा भएको भन्दै सर्वाेच्चमा रिट परेकाे थियाे ।
रिटको सुनुवाइ गर्दै न्यायाधीशहहरू दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो ।
संयुक्त इजलासको आदेशमा विषयवस्तुको गाम्भीर्यतालाई हेर्दा शीघ्र निरूपण गर्नुपर्ने भएकाले विपक्षीहरूको लिखित जवाफ परेको मितिले ७ (सात) दिनभित्र पूर्ण सुनुवाइका लागि नियमानुसार पेश गर्नभनिएकाे छ ।

Facebook Comments

