जसपा विवाद मुद्दा मामलातर्फ

जनता समाजवादी पार्टी (जसपा) भित्रकाे विवाद अव सर्वाेच्चसम्म पुग्ने भएकाे छ । यसअघि निर्वाचन आयोगमा विवाद पुगेकाे थियाे ।

जसपाकाे केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा परेपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीमा कार्यकारिणी सदस्य हेरफेरकाे अधिकार आफूमा रहेकाे भन्दै निर्वाचन आयोगमा निवेदन दिएपछि उपेन्द्र यादव पक्षले मुद्दा दर्ता गर्न लागेकाे हाे ।

पार्टीका सदस्यले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूह निकट रहेका अधिवक्ता दिपक राइ लगायतले अदालतमा मुद्दा दर्ता गर्न लागेक हुन् ।

राइका अनुसार दुनियावादी फौजदारी मुद्दाको रुपमा दर्ता गर्ने र विपक्षी महन्थ ठाकुरलाई बनाइने उल्लेख गर्नुभयाे । जसपाको भट्टराई–यादव समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेकाे छ ।

 

Facebook Comments