जसपा संसदीय दलको विधान पारित

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पारित गरेको छ । लामाे समयदेखि महन्थ ठाकुर र उपेन्द्र यादवपक्षवीच विवाद रहँदै आएकाे जसपाकाे उपेन्द्र यादव पक्षकाे साेमबार बसेकाे बैठकले संसदीय दलकेा विधान पारित गरेकाे हाे ।

बैठकबाट परिमार्जित दलको विधान बहुमतले पारित गरी कार्यकारिणी समितिमा पठाउने निर्णय गरिएकाे सांसद प्रमोद साहले जानकारी दिनुभयाे । सांसदमध्ये ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा संसदीय दलको कार्यालयमा बैठक बसेको थियाे ।

बैठकमा प्रतिनिधि सभाका १८ जना र राष्ट्रिय सभाका २ जना सदस्य सहित कुल २० जना सांसद उपस्थिति रहेकाे थियाे ।

जसपाकाे कार्यकारिणी र संसदीय दल दुबैमा अहिले उपेन्द्र यादव पक्षकाे बहुमत देखिएकाे छ । जसपाकाे आधिकारिकताकाे सम्बन्धमा निर्वाचन आयाेगमा मुद्दा विचाराधीन अवस्थामा रहेकाे छ ।

संसदीय दलकाे विधान कार्यकारिणी समितिबाट समेत अनुमाेदन भएपछि संसदीय दलकाे नेता चयनकाे प्रक्रिय अगाडि बढाउने यादव पक्षकाे तयारी छ ।

Facebook Comments