जसपा महन्थ समूहद्वारा रेशम चौधरीलगायत बन्दीहरूको रिहाईकाे माग
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले निलम्बित सांसद रेशम चौधरीलगायत बन्दीहरूको रिहाईकाे माग गरेकाे छ ।
विश्वासकाे मत दिने क्रममा प्रतिबद्धता पुरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै ठाकुर समूहले चाैधरीलगायत बन्दी रिहाइकाे माग गरेकाे हाे । जसपाका अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै विश्वासको मत दिनुअघि भएको प्रतिवद्धता पुरा गर्न प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराउनुभएकाे हाे ।
जसपाको ठाकुर समूहको कार्यकारिणी समूहको ५ दिनदेखि बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेकाे थियाे ।
जसपामा उपेन्द्र यादव पक्ष र ठाकुर पक्षवीच विवाद रहेकाले विभाजनकाे संघारमा पुगेकाे छ ।

