विपक्षीकाे नाराबाजीकै वीच प्रतिस्थापन विधेयक पारित

प्रतिनिधिसभाबाट प्रतिस्थापन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

बैठककमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खर्च कटाैती सम्बन्धि प्रस्ताव राखेपनि बहुमतले अस्वीकृत गरकाे थियाे ।

तत्पश्चात विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाएपछि पुनः प्रतिनिधिसभाले स्वीकार गरेर राष्ट्रपतिकाेमा पठाएपछि बजेट कार्यान्वयनमा अाउनेछ ।

अहिले बजेट हाेलिडेकाे अवस्था रहेकाे छ ।

Facebook Comments