माधवकुमार नेपाल समूहलाई कार्वाही गर्ने प्रधानमन्त्री ओलीको संकेत
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई कार्वाही गर्ने संकेत गर्नुभएको छ ।
बालुवाटारमा भएको पत्रकार सम्मेलनमा समानान्तर समिति गठन गर्ने, सरकार ढाल्न संसदमा अनुपस्थित हुने, प्रदेश सरकारमा फ्लोर क्रस गर्ने जस्ता गतिविधि लोकतान्त्रिक व्यवस्थामा अपराधपूर्ण हुने प्रधानमन्त्रीको टिप्पणी थियो ।
उहाँले एमालेलाई अनुशासित बनाउनेतर्फलाग्ने बताउँदै नेपाल समूहलाई कार्वाहीको संकेत गर्नुभएको हो । पार्टीमा अनुशासनहीन हुनेहरूकाे हिसाबकिताव गर्ने प्रधानमन्त्रीकाे चेतावनी थियाे ।
Facebook Comments

