माओवादी केन्द्र छाडेका १४ जनप्रतिनिधि कार्वाहीमा

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित १४ जनप्रतिनिधि कार्वाहीमा परेका छन् । पार्टी परित्याग गरेका उनीहरूलाइ साेमबार बसेकाे केन्द्रीय समितिकाे बैठले कार्वाही गरेकाे हाे ।

सोमबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकमार्फत माओवादी छाडी एमाले प्रवेश गरेका १४ जनालाई कारबाही गरेको पार्टी नेतृ पम्फा भुषालले जानकारी दिनुभयाे ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीको निर्णयको मान्युट निर्वाचन आयोगमा अध्यावधिकका लागि बुझाउने भएको छ ।

कारबाहीमा पर्नेमा राैतहटका रिनाकुमार साह, प्रमुख- मौलापुर नगरपालिका, सियाराम कुशवाहा, प्रमुख- कटहरिया नगरपालिका, परनिया देवी, उपप्रमुख- देवाही गोनाही नगरपालिका, गौरीशंकर जयसवाल, उपप्रमुख- मौलापुर नगरपालिका, कान्ती देवी, उपप्रमुख- फतुवाविजयपुर नगरपालिका, सीमलाल साह, उपप्रमुख- माधवनारायण नगरपालिका, गीतादेवी शाह, उपप्रमुख- युमनामाई गाउँपालिका रहेका छन् ।

त्यस्तै सतमीलाल दास ताती, सदस्य- लहान नगरपालिका, सिरहा, शेष फारुक, अध्यक्ष- सम्सी गाउँपालिका, महोत्तरी रहेका छन् भने कैलालीका छाया देवकोटा, उपप्रमुख- भजनी नगरपालिका, भागिरथी विष्ट, वडाध्यक्ष- गौरीगंगा नगरपालिका ४, शर्मानन्द भट्ट, वडाध्यक्ष- गोदावरी नगरपालिका १ र पुरन विसी, वडाध्यक्ष- बर्दगोरिया नगरपालिका ४ रहेका छन् । सुरेश कुमार थापा, वडाध्यक्ष- चम्पादेवी गाउँपालिका १, ओखलढुंगा रहेका छन् ।

Facebook Comments