माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सत्ता गठबन्धनका बिषयमा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा छलफल हुने भएकाे छ । मंगलबार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरु टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्न लागेकाे छ । 

दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूकाे नाम टुङ्गो लगाउने बताइएकाे छ । पार्टी राजनीति र अन्य समसामयिक विषयमा पनि छलफल हुने छ ।

माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा पम्फा भुसाल उर्जा तथा जलस्राेत र जनार्दन शर्मा अर्थमन्त्री बनिसकेका छन् ।  

Facebook Comments