राजमोका खिमविक्रम शाही गण्डकीको प्रदेश मामिला समिति सभापतिमा निर्वाचित
राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा निर्वाचित हुनुभएको छ ।
नेकपा (एमाले) का उम्मेदवार सांसद ईन्द्रधारा विष्टले दावी छाडेपछि सांसद शाही सर्वसम्मत सभापति बन्नुभएको हो ।
समितिमा राजमोका खिमविक्रम शाही सभापतिका साथै प्रतिपक्षी नेकपा (एमाले) का ६, सत्तापक्ष काङ्ग्रेसका ३, माओवादी १ गरी तथा मुख्यमन्त्री र सामाजिक विकासमन्त्री गरी जम्मा १३ जना सदस्य रहनुभएको छ ।
त्यस्तै, समितिमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र सामाजिक विकासमन्त्री कुमार खड्का पदेन सदस्यको रूपमा रहनुभएको छ ।
सभापति चयन भएका शाहीले साउन ५ गते नै सभामुख नेत्रनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश मामिला समितिसित मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयसित सम्बन्धित मामिलामा अनुगमन तथा निर्देशन गर्ने कार्यक्षेत्र रहेको छ ।

