नेपाल र ठाकुर नेतृत्वका पार्टीको सनाखत भदौ ९ गते
निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वका दुई नयाँ पार्टीको सनाखत भदौ ९ गते गर्ने भएकाे छ । निर्वाचन आयोगले दुबै दलका नेताहरूलाई सनाखतका लागि भदौ ९ गते बोलाएकाे हाे ।
शुक्रबार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका थिए।
उक्त निवेदनपछि आयोगले भदौ ९ गते नेकपा एमाले र जनता समाजवादी पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरू नयाँ पार्टीमा रहे/नरहेको सनाखत गर्न लागेको हो। सरकारले नेपाल पक्षलाइ सजिलाे हुने गरी २० प्रतिशत सांसद या केन्द्रीय सदस्य भए नयाँ पार्टी गठन गर्न सक्ने प्रावधान सहितकाे अध्यादेश ल्याएकाे थियाे ।
अब भदाै ९मा निर्वाचन आयोगमा गएर सनाखत गर्ने नेता नै नयाँ पार्टीका केन्द्रीय सदस्य र सांसद हुन्छन्। २० प्रतिशत सांसद या केन्द्रीय सदस्य नयाँ पार्टीमा नभए दल विभाजनले मान्यता पाउँदैन । एमाले नेता नेपालकाे पक्षमा २० प्रतिशत सांसद या केन्द्रीय सदस्य पुग्न नदिने रणनीतिमा लागेकाे छ ।

