नेकपा(एस)का नेता राजेन्द्र पाण्डे बाग्मतीकाे मुख्यमन्त्रीमा प्रस्ताव
नेकपा एकीकृत समाजवादीले साे पार्टीका प्रदेश सांसद एवं दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्ने भएकाे छ ।
बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको जानकारी दिनुभयाे ।
बागमती प्रदेशमा बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्नुभएकाे छ । विश्वासकाे मत लिने मुख्यमन्त्रीकाे विश्वासकाे मत लिने प्रस्तावमाथि सांसदहरूले धारणा राखिरहेका छन् । शाक्यको पक्षमा प्रदेशसभामा बहुमत नभएकाले नयाँ मुख्यमन्त्री राजेन्द्र पाण्डे बन्ने निश्चित छ ।
एकीकृत समाजवादीका नेता पाण्डेलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन छ । शाक्य माधव नेपाल पक्षकाे साथ छाडेर एमालेमै रहेपछि एमालेले यसअघिका मुख्यमन्त्री डाेरमणि पाैडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्री बनाएकाे थियाे ।

