वाग्मती प्रदेशसभाकाे बैठक कात्तिक १० गतेसम्म स्थगित
वाग्मती प्रदेश सभाकाे बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएकाे छ । सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासकाे मत लिने प्रस्ताव टेवल भएकाे छ । साे प्रस्तावमाथि विभिन्न दलका सांसदहरूले धारणा राखिसकेपछि बैठक १० गतेसम्मका लागि स्थगित गरिएकाे हाे ।
विश्वासकाे मत लिने प्रक्रिया साेही दिनकाे बैठकमा अगाडि बढ्ने प्रदेश सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गर्नुभयाे ।
Facebook Comments

