संसद विघटन विरूद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने विपक्षी गठबन्धनकाे निर्णय
नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूकाे संसद भवन नयाँ बानेश्वरमा बसेकाे विपक्षी गठबन्धनकाे बैठकले सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेका हुन्।
बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष समेत निकालेका छन् ।
शेरबहादुर देउवाकाे पक्षमा हस्ताक्षर गरेका सबै १४९ जना सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालतमा रिट हाल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे भनाइ छ । विपक्षी गठबन्धनले चुनाव गर्ने नियतका साथ घाेषणा नभएकाे निष्कर्षमा समेत पुगेका छन् ।


