विप्लव नेतृत्वकाे नेकपा सरकारमा सहभागी हुने !

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनमत संग्रहका लागि तयार भए सरकारमा सहभागी हुने बताएकाे छ ।

संसद विघटन भएपछि विज्ञप्ति जारी गर्दै साे पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव)ले संसदीय ब्यवस्था असफल भएकाले वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गर्नुभएकाे छ ।

विज्ञप्तिमा झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएकाे र यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको उल्लेख छ ।

जनमतसंग्रहका लागि राजनीतिक राजनीतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकासका लागि आफ्नो पार्टी तयार रहेको विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments