काेराेना कहरः संक्रमित भन्दा निकाे हुने धेरै
शनिबार काेराेनाका थप संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढेकाे छ ।
पछिल्लाे २४ घण्टामा ८ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको छ भने ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरबाट ८ हजार ८४८ जना निको भएका हुन् ।
हालसम्म कूल संक्रमित ५ लाख ५६ हजार ६ सय ४३ पुगेकाे छ भने निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।
शनिबारसम्ममा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ पुगेको छ भने क्वारेन्टाइनमा ८६६ जना रहेको पनि मन्त्रालयले जानकारी दिएकाे छ ।
पछिल्लाे २४ घण्टामा पीसीआर विधिबाट गरिएको १९ हजार ३५७ परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ ।
एन्टिजेन विधिबाट गरिएको ७४८ परीक्षणमा ३८९ जनामा पोजिटिभ देखिएको छ । शनिबार मात्रै १ सय २९ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।
Facebook Comments

