बाटाे विराएका नेपाल पक्षीय नेताहरूलाई आममाफीः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरूले बाटाे विराएरकाे भड्किएकाे टिप्पणी गर्नुभएकाे छ ।
प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई लक्षित गर्दै नेता नेपालले आममाफी दिने घाेषणा समेत गर्नुभएकाे छ ।
आज च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा पार्टी संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसमा बोल्दै ओलीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने आममाफीकाे घाेषणा गर्नुभएकाे हाे ।
देउवालाई ओली पक्षका ८ र बाँकी नेपाल पक्षका गरी २२ सांसदले विश्वासको मत दिने सांसदलाई बुधबार बसेकाे एमालेकाे केन्द्रीय कमिटी बैठकले २४ घन्टे स्पष्टीकरण सोधेको थियो। जसकाे जवाफसमेत नेपाल पक्षका नेताले दिइसकेका छन् ।
यसअघि ओलीले नेता नेपाललाई गद्दार करार गर्दै पार्टीमा कुनै ठाउँ नरहेकाे घाेषणा गर्नुभएकाे थियाे ।

