संविधानकाे धारा ७६ काे (५) सांसदकाे विशिष्ट अधिकारः नेपाल पक्ष

एमालेका २२ सांसदले संविधानकाे धारा ७६ काे (५) सांसदकाे विशिष्ट अधिकार भएकाे दावीसहित स्पष्टीकरण बुझाएका छन्। बिहीबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनीहरूले बुझाएकाे स्पष्टीकरणमा संविधानकाे धारा ७६ काे (५) सांसदकाे विशिष्ट अधिकार भएकाे उल्लेख छ ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासकाे मत दिने २२ जना सांसदलाई एमालेले केन्द्रीय कमिटीकाे निर्णय अनुसार बुधबार २४ घन्टे स्पष्टीकरण साेधेकाे थियाे ।

साथै स्पष्टीकरणमा नेपालको संविधान, पार्टीको विधान, सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकूल नै विश्वासकाे मत दिएकाे दावी गरिएकाे छ ।

स्पष्टीकरणमा सांसदले वैशाख २७ गते विश्वासको मत नपाएको अवस्थामा बरू ओलीले नै राजीनामा दिनुपर्नेमा त्यो नगरेको, पार्टी र संसदीय दलमा निर्णय नगरी प्रधानमन्त्रीमा दावी गर्ने, प्रतिनिधिसभा नै विघटन गर्ने लगायतका गैरसंवैधानिक कार्य अध्यक्षबाट भएकाे उल्लेख छ ।

Facebook Comments