भाजपाका प्रवक्ता काठमाण्डाैमा, प्रधानमन्त्रीसँग भेटवार्ता

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएकाे छ ।

काठमाडौं चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकाे जानकारी एक फाेटाेका साथै ट्वीटर मार्फत् गराउनुभएकाे छ ।

उहाँले प्रधानमन्त्री देउवासँग भएकाे भेटमा प्रधानमन्त्री चयन भएकाेमा बधाइ दिनुका साथै जनैपूर्णिमाकाे शुभकामना साट्ने अवस र जुटेकाे उल्लेख गर्नुभएकाे छ ।

प्रधानमन्त्री पदमा देउवा नियुक्त भएसँगै भारतीय संस्थापन पक्षका तर्फबाट आउने चौथाइवाले सबैभन्दा उच्च व्यक्ति हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र चाैथाइवालेले पार्टी-पार्टी बीचको संवाद बढाउने सहमति भएकाे उल्लेख गर्नुभएकाे छ ।

Facebook Comments