कांग्रेस नेता नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद नारायण खड्का परराष्ट्र मन्त्री नियुक्त हुनुभएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो शितल निवासमा खड्काका पद तथा गोपनियताको सपथ सम्पन्न भएकाे छ । परराष्ट्र मन्त्रालयकाे जिम्मेबारी सम्हालेकै दिन खड्का अमेरिकामा जान लाग्नुभएकाे छ ।
अमेरिकाको न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभामा जाने नेपाली टोलीको नेतृत्व गरेर खड्का अमेरिका जान लाग्नुभएकाे हाे । खड्का उदयपुरबाट सांसदमा लगातार निर्वाचित हुँदै अाउनुभएकाे छ ।
Facebook Comments

