हाेस्टलमा बस्ने बालकलाई दुर्व्यवहार गर्ने वार्डेन पक्राउ

कास्की प्रहरीले बालबालिका विरुद्धको कसुरमा एक महिलालाई पक्राउ गरेको छ ।

हाेस्टलमा बस्ने एक बालकले विछ्याैनामा पिसाब गरेकाे निहुँमा वार्डेनले बालककाे लिंगमा रबरले बाँधेर यातना दिएकाे खुलेकाे थियाे ।

पोखरा महानगरपालिका वडा नं १५ गलेश्वर चोकमा रहेको न्यू लाईफ स्कूलकाे हाेस्टलमा बस्ने ६ वर्षीय बालकलाई होष्टेलकी वार्डेन जानुका नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर लिङ्गमा रबरले बाँधेर यातना दिएकाे विद्यालयले पनि स्वीकार गरेकाे छ ।

घटनापछि होस्टेल वार्डेन नुवाकोट घर भई हाल पोखरा १४ वस्ने २७ वर्षीया जानुका नेपालीलाई कास्की प्रहरीले पक्राउ गरिएको हो ।

नेपालीलाई बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जाहेरी पश्चात पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई कास्की जिल्ला अदालतबाट पाँच को म्याद थप अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको बताइन्छ । घटना सार्वजनिक भएपछि चाैतर्फी विराेध भएकाे थियाे ।

Facebook Comments