नागरिकता सम्बन्धि अध्यादेश जारी

सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश ल्याएकाे छ । राष्ट्रपति कार्यालयले आइतबार अध्यादेश जारी गरेकाे बारे जानकारी दिएकाे छ ।

जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको बताइएकाे छ ।

मधेश केन्द्रित दल जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महताे समूहसँग सरकारले वार्ता गरे अनुसार अध्यादेश जारी गरिएकाे हाे ।

हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका रहेपनि पारित भएकाे थिएन । तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो  ।

Facebook Comments