चुनाव अगाडि नै सबै जनतालाई खोप:प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने बताउनुभएकाे छ ।
आइतबार बालुवाटारमा पार्टी निकटका सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाउँदै चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउन सरकारकाे प्रयास रहने बताउनुभयाे ।
अध्यादेशबाट बजेट
प्रधानमन्त्री ओलीले आगामि आर्थिक बर्ष २०७८/७९काे बजेट अध्यादेशबाट ल्याउने बताउनुभएकाे छ । बजेटमा काेभिड नियन्त्रण र निर्वाचन प्राथमिकतामा पर्ने उहाँकाे भनाइ थियाे ।
Facebook Comments

