विपक्षीले साेमबार मात्रै सर्वाेच्चमा रिट दर्ता गर्ने
प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धनले सोमबार मात्रै सर्वोच्चमा रिट दर्ता गर्न जाने भएका छन्।
आइतबार दिनभर तयारी गर्दा नभ्याएपछि साेमबार मात्र रिट दर्ता गर्न जाने नेताहरूले बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १४९ जना भन्दा धेरै सांसदहरूले हस्ताक्षर गरेकाे बताउनुभयाे ।
सोमबार भौतिक रूपमै सांसदहरू अदालतमा उपस्थित भएर रिट दर्ता गराउने बताइएकाे छ । यसअघि सर्वाेच्चमा प्रतिनिधिसभा विघटनकाे विराेधमा दर्जन बढी रिट दर्ताका लागि पेश भएका छन् ।
Facebook Comments

