प्रतिनिधि सभा विघटनः बुधबारदेखि निरन्तर सुनवाइ

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आज बुधबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । 

प्रतिनिधिसभा विघटन विरूद्ध प्रधानमन्त्रीमा दावी गर्नुभएका शेरबहादुर देउवा सहित १४६ जना सांसदद्वारा दायर रिटमा बुधबारदेखि सुनुवाइ निरन्तर सुनुवाइ हुन लागेकाे हाे ।

यसअघिकाे आदेश अनुसार पक्ष र विपक्षका कानुन व्ययवसायीले बहस नाेट बुझाउँदै छन् भने सर्वाेच्चले ताेकेकाे समयसीमा भित्र रहेर बहस गर्नेछन् ।

यस मुद्दामा बहस गर्न सर्वाेच्चले पक्ष विपक्षका वकिलहरूलाई १५ /१५ घण्टा र एमीसस क्युरीका लागि २ घण्टा समय निर्धारण गरेकाे छ ।

जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आगामि कार्तिक २६ र मंसिर ३ मा निर्वाचन घोषणा गर्नुभएकाे थियाे ।

सरकारकाे कदम विरूद्ध २७ र पक्षमा ३ मुद्दा परेकामा सबैभन्दा पहिला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहितको रिटमा सुनुवाइ हुन लागेकाे हाे ।

Facebook Comments