कर फछ्र्यौट आयोगका चुडामणी शर्मासहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका चुडामणी शर्मासहितका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।
आयोगले बुधबार १ अर्ब ३३ लाख २० हजार तीन सय ८५ रुपैयाँ भ्रष्टाचार बिगो कायम गरी विशेष अदातलमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दर्ताबारे विज्ञप्ति जारी गरेर जानकारी दिएकाे छ । विज्ञप्तिमा शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध मुद्दा दायर गरेको उल्लेख छ ।
२०७१ माघ २२ मा सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शर्माकाे नेतृत्वमा गठन गरेकाे कर फछ्र्याैट समितिले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्वमा नाेक्सानी पुर्याएकाे अख्तियारकाे ठहर छ ।
Facebook Comments

