नेकपा एमालेकाे मुलुकभर वडा अधिवेशन हुँदै

नेकपा (एमाले)ले अाज शनिबार देशैभरका वडाहरूकाे अधिवेशन गर्दैछ । एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन गर्न लागेकाे हाे ।

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनकाे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएका छ ।

इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई स्क्रिनमा देखाइने एमालेले जनाएकाे छ । एमालेले पछिल्लाेपटककाे बाढी पहिरोबाट प्रभावित जिल्लाकाे वडा अधिवेशन भने स्थगित गरेकाे छ।

लगत्तै कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन गर्ने एमालेले आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा गर्ने जाएकाे छ ।

यसैवीच शुक्रबार बसेकाे एमालेको स्थायी कमिटी बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोकेकाे छ ।

तर बैठकमा १० बुँदे कार्यान्वयनका बिषयमा भने विवाद भएकाे छ । अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन भइसकेकाे र त्यसकाे ओैचित्य सकिएकाे बताएपछि उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल, स्थायी कमिटी सदस्य रघुजी पन्त लगायतले विराेध जनाएका छन् ।

उपाध्यक्ष रावलले त ५ बुँदे फरक मत पेस गर्दै १० बुँदे कार्यान्वयनका लागि सहजीकरण गर्न बनेकाे कार्यदलकाे संयाेजकबाट राजीनामाकाे घाेषणा गर्नुभएकाे छ ।

Facebook Comments