विपक्षी गठबन्धनद्वारा संसद पुर्नस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग
विघटित संसदका विपक्षी गठबन्धनमा रहेका १४६ जना सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।
त्यसका लागि सबै पूर्व सांसदहरू सर्वाेच्च अदालतमा उपस्थित भएका हुन् ।
उक्त रिटमा संसद पुर्नस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्न माग गरिएकाे छ ।
संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज
संसद अधिवेशनको मिति तोक्नुपर्ने
संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।
गत शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएकाे थियाे ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले साे कदमलाई असंवैधानिक भन्दै विराेध गरेका छन् ।

