थप ७ हजार २२०मा काेराेना संक्रमण, १८५ काे मृत्यु

२४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्षणमा ७ हजार २२० जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लाे २४ घण्टामा ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर गरी थप १ सय ८५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।

Facebook Comments