नेपाल र खनाल सहित ११ जना एमालेबाट निष्कासित, थप १२ जनासँग स्पष्टीकरण माग

नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । थप १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकाे लगायतका बिषयमा एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको तियो ।

साेमबारकाे बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

त्यस्तै सुदुरपश्चिम सरकारलाई दिएकाे समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बाेलाउने निर्णय भएकाे पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments