थप ३ हजार ११४ जना कोरोना संक्रमण पुष्टि
नेपालमा शनिबार मात्रै थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय २५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २८५ गर्दा ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
त्यस्तै शनिबार मात्रै थप १६ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २ हजार १९७ जना कोरोनाबाट मुक्त भएका छन्।
Facebook Comments

