माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै हुँदा प्रचण्ड आतंकित !

नेकपा माओवादी केन्द्रका प्रायः सबै सांसद मन्त्री पदका लागि आकांक्षी हुँदा प्रचण्डले तनाब महशुस गर्नुपरेकाे छ । प्रतिनिधिसभामा रहेका ४९ जना सांसद नै मन्त्रीका लागि दाबी गर्न हुलका हुल निवासमा जान थालेकाले प्रचण्डले तनाब महशुस गर्नुपरेकाे हाे ।

साे कुराकाे खुलासा स्वयं प्रचण्डले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा गर्नुभएकाे हाे ।

कसलाई मन्त्री बनाउने भन्ने विषयमा आफ्नो दिमागमा आतंक चलिरहेको प्रचण्डकाे भनाइ थियाे ।

‘म त मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु’ उनले आफ्नो मन्तव्यको शुरुतिरै भने, ‘आतंक छ, मेरो दिमागमा कल्लाई मन्त्री बनाउने कसलाई नबनाउने ?’

जम्मा ७ जनासम्म मन्त्री पाउनेमा सबै मन्त्रीका आकांक्षी हुँदा प्रचण्डलाइ समस्या भएकाे हाे । आफूले नियुक्ति पाएमा नेतृत्व ठीक छ भन्ने, तर नपाएमा नेतृत्व बदमास छ भन्ने, भाषणमा बढाे क्रान्तिका अनि आदर्शका ठूल्ठूला कुरा गर्ने तर ध्यान भने मन्त्री पाइन्छ कि पाइँदैन ? पाइन्छ भने ठीक छ, पाइँदैन भने ठीक छैन, भन्ने संस्कार नै बनिसकेकाेमा प्रचण्डले चिन्ता ब्यक्त गर्नुभयाे ।

Facebook Comments