वैशाखमा स्थानीय तहकाे चुनाव !
निर्वाचन आयोगले आगामी वैशाख १४ गतेमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न संभव हुने बताउनुभएकाे हाे ।
स्थानीय तहका पदाधिकारीकाे ५ बर्षे कार्यकाल आगामि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न संभव नभएमा पहिलो चरणको वैशाख १४ गते बुधबार र दोस्रो चरणको वैशाख २२ गते बिहीबार गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको आयोगले जनाएको छ ।
निर्वाचन तयारीका लागि आयोगलाई सामान्यतः १२० दिन आवश्यक पर्ने हुन्छ । प्रस्तावित निर्वाचन मिति आउन अब जम्मा १ सय २४ दिन बाँकी छ । निर्वाचनकाे मिति सरकारले ताेक्ने गरेकाे छ ।

