गण्डकी प्रदेश सभाकाे अधिवेशन जेठ १६ गते बाेलाउन सिफारिश

गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते बोलाउनका लागि प्रदेश सरकार मन्त्रिपरिषद्ले सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १६ गते दिउँसो १ बजे सभागृहमा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हाे ।

काेराेना महामारीका कारण हालकाे प्रदेश सभा हलमा मापदण्ड पालना गर्न कठिनाइ हुने भएकाले सभागृहमा अधिवेशन बाेलाउन लागिएकाे हाे ।

प्रदेश सरकारका प्रवक्ता रामशरण बस्‍नेतले बजेट अधिवेशन र प्रदेश सडकसम्बन्धी विधेयक बनाउन सैद्धान्तिक स्विकृति दिने निर्णय भएकाे जानकारी दिनुभयाे ।

प्रदेश सरकारको बजेट असार १ सम्म ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । साथै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २९ भित्र विश्‍वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्री गुरूङले ठूलाे राजनीतिक दलकाे नेताका रूपमा मुख्यमन्त्रीमा बैशाख २९ गते नियुक्त हुनुभएकाे थियाे ।

विपक्षी दलहरूले सरकारकाे नेतृत्वमा दावी गरेपनि प्रदेश प्रमुखकाे कार्यालयले साे उपर सुनुवाइ नगरी ठूलाे दलकाे नेताकाे रूपमा गुरूङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकाे थियाे । विपक्षीहरूले यसकाे विराेध गरिरहेका छन् ।

Facebook Comments