मन्त्रीहरू ‘सेटिङ’मा हटाइएकाे त हाेइनः प्रधानमन्त्री
राजनीतिक दलका नेता कार्यकर्ताले पछिल्लाे समय सेटिङ शब्द खुबै प्रयाेगमा ल्याइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कतै मन्त्रीहरू सेटिङमा नै हटाइएकाे त हाेइन भन्ने शंका व्यक्त गर्नुभएकाे छ ।
सर्वोच्च अदालतले असार ८ गते जेठ २१ र २७ गते संविधानको व्यवस्था विपरीत मन्त्री नियुक्त भएको भन्दै २० मन्त्रीको नियुक्ति बदर गरिदिएको थियो ।
काठमाण्डाैमा पुस्तक विमाेचन कार्यक्रममा ‘मन्त्रीहरू सबै हटाइदिएर प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो भयो खुच्चिङ पर्यो भन्ने होला, उहाँले भन्नुभयाे, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए ।’ उहाँले न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले भन्दै ‘सेटिङ’काे शंका व्यक्त गर्नुभएकाे हाे ।
प्रधानमन्त्री ओलीले अदालतलाई राजनीतिक विवादको निरुपण गर्ने थलो बनाउन खोजेको अाराेप लगाउनुभएकाे छ । । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि साे सम्बन्धमा अदालतमा परेकाे रिटमा अन्तिम सुनुवाइ जारी रहेकाे छ ।

