संसद पुनःस्थापना हुन्छः उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने बताउनुभएकाे छ । अध्यक्ष यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहितकाे परमादेश जारी हुने जिकिर गर्नुभयाे ।

सप्तरीकाे राजविराजमा पत्रकारसँग बाेल्दै यादवले प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा‌थि प्रहार गर्दे स्वेच्छाचारी र निरकुंश बनिरहेको आरोप लगाउनुभयाे ।

एकैजना प्रधानमन्त्रीले एउटै संसद्‌लाई दुईपटक भंग गरेको उदाहरण संसारमै नरहेको यादवकाे भनाइ छ । उहाँले लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पारी ओलीले ०४७ साल ल्याउन खोजिएको पनि आरोप लगाउनुभयाे ।

Facebook Comments