देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता हुँदैनः माधवकुमार नेपाल

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेकाे हस्ताक्षर फिर्ता नहुने बताउनुभएकाे छ ।शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले धोकाधडीको राजनीति नगर्ने बताउनुभएको हाे ।

आफू नैतिकताको राजनीति गर्ने भएकाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नहुने नेता नेपालले स्पष्ट गर्नुभयो ।

विपक्षी गठबन्धनले काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने बताउनुभयो ।

कतिपयले एमाले एकताका लागि पहल भइरहेकाले माधव नेपाल समूहले गठबन्धन छाड्ने चर्चा गरेकोतर्फ इंगित गर्दै उहाँले यस्तो स्पष्ट गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुकमा अराजकता निम्तिएको र संविधानमाथि नै संकट निम्तिएको नेता नेपालको जिकिर रहेको थियो ।

Facebook Comments