प्रधानमन्त्री ओलीबाट लोकतन्त्र र संविधानमाथि नै आत्रमणः प्रचण्ड


प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्क्र र संविधानमाथि नै आत्रमण भइरहेको जिकीर गर्नुभयो । नेकपाको सरकार बनेर पहिलो बजेट आउँदा दलाल पूँजीपतिहरुलाई पोस्ने खालको बजेट आएको बताउनुभयो ।

त्यतिबेला समाजवाद उन्मूख अर्थनीति र पार्टीको निर्वाचन घोषणापत्रको विपरीत खालको बजेट आएको प्रचण्डको जिकीर थियो ।

पार्टीभित्र सरकार सञ्चालन तथा देशका महत्वपूर्ण सवालमा छलफल गरेर निर्णय गर्ने भन्दा पनि आफूलाई जे मन लाग्यो त्यही गर्ने खालको स्वभाव प्रधानमन्त्री ओलीमा रहेको पनि प्रचण्डको भनाई थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली विरोधमा नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी(जसपा) उपेन्द्र यादव समूह, एमालेका माधवकुमार नेपाल समूह सहितको विपक्षी गठबन्धन बनेको छ ।

Facebook Comments