उपेन्द्र यादव पक्षलाई जसपाकाे आधिकारिकता

निर्वाचन आयाेगले जनता समाजवादी पार्टीकाे आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने फैसला गरेकाे छ ।

आयाेगकाे फैसलासँगै महन्थ ठाकुर र राजेन्द्र महताे पक्षले नयाँ दल दर्ता गर्नु पर्ने भएकाे छ ।

विवादबाट नयाँ दल जन्मिदा दल त्याग सम्बन्धी प्रावधान आकिर्षत हुन्छ वा हुँदैन भन्ने विषयमा कानुनी प्रष्टता नभएकाले ठाकुर पक्षमा लागेका सांसदकाे पद के हुने भन्ने सम्बन्धमा आयोगको फैसलासमेत मौन रहेको छ।

यादव पक्षले ठाकुर पक्षले नयाँ दल गठन गरेमा दल त्याग सम्बन्धि कानुनबमाेजिम कार्वाही गर्ने तयारीमा छ । तर कतिपयले भने विवाद भएर नयाँ दल दर्ता प्रक्रियामा गएकाले दल त्याग सम्बन्धि कानुन आकर्षित नहुने बताएका छन् ।

Facebook Comments