प्रदेश नं. १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त
नेकपा एमाले विभाजन भएसँगै बाग्मतीपछि प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ ।
नेकपा एमालेका सचिव भीम आचार्य बिहीबार प्रदेश १ काे मुख्यमन्त्री चयन हुनुभएकाे छ । नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीकाे पक्षमा लागेपछि उहाँ मुख्यमन्त्री बन्न सफल बन्नुभएकाे हाे ।
पटक पटकको प्रयासपछि मुख्यमन्त्री बन्न सफल हुनुभएका आचार्यले मुख्यमन्त्रीकाे सपथसँगै पदभार ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री नियुक्त हुँदै गर्दा ५९ वर्षीय भाइ रामप्रसाद आचार्यको मुत्युपछि मुख्यमन्त्री भीम आचार्यलाइ भ्रातृशोक परेकाे छ ।
Facebook Comments

