नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले अदालतमा जाने

माधवकुमार नेपालकाे नेतृत्वमा नयाँ दल गठनका लागि मान्यता दिने निर्वाचन आयोगकाे निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने भएको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले नेपालकाे नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगकाे निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हाे ।

सचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीले कार्वाही गरेर सूचना दिइसकेको व्यक्तिहरुलाई समेत गणना गरेर सनाखत गराएको, अनुपस्थित व्यक्तिको पनि सनाखत गरेकाे लगायतका बिषय विवादास्पद भएकाे एमालेकाे ठहर छ ।

पार्टीले कारबाी गरेर पत्र पठाएपछि सांसदहरुलई पदमुक्त गरेको सूचना नटाँसेकाे भन्दै सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएकाे छ ।

बैठकले पार्टीमा २ पक्षवीच विवाद मिलाउनका लागि भएकाे १० बुँदे सहमति अनुमोदन गर्दै तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । साे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र टोपबहादुर रायमाझी सम्मिलित कार्यदल बनाइएको  छ ।

Facebook Comments