काँग्रेसकाे पाेखरा नगरसभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित
नेपाली काँग्रेस पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित हुनुभएकाे छ ।
पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको मतदान र आइतबार सम्पन्न मतगणनामा प्रत्यासी गंगाधर पराजुलीलाई पछि पार्दै ४१४ मतसहित विजुक्छे सभापतिमा निर्वाचित हुनुभएकाे हाे ।
कुल खसेको मत १३ सय ४४ मध्ये प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गर्नुभएकाे थियाे। निकटतम प्रतिद्वन्द्वी पराजुलीलाई बिजुक्छेले ६८ मतले पछाडी पारी निर्वाचित हुनुभएकाे हाे ।
सभापतिमा निर्वाचित विजुक्छे यसअघि उपसभापति हुनुहुन्थ्याे भने हाल पोखरा उद्योग वाणिज्य संघको महासचिवकाे रूपमा पदभार सम्हालिरहनुभएकाे छ ।
यसैगरी पाेखरा महानगरकाे उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन्। भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरेका छन्।
यस्तै सचिवमा टुवराज बाँस्तोला ८५८ मत र गणेशबहादुर थापा ७८४ मतका साथ निर्वाचित भएका छन् भने सहसचिवमा संघर्ष कोइराला ५८० र सञ्जय आलेले ५६५ मत प्राप्त गरि निर्वाचित भएकाे काँग्रेसकाे निर्वाचन समितिले जनाएकाे छ ।

