एमाले महाधिवेशन आज, नेतृत्व चयनमा हाेला त सहमति !

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुँदैछ । महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली सहितका एमाले शीर्ष नेताहरू चितवन पुगिसकेका छन् ।

यसैवीच नयाँ नेतृत्व चयनका लागि शुक्रबार शुरु हुने १०औं महाधिवेशनको तयारी पूरा भएको नेकपा एमालेकाे प्रचार विभागले जनाएको छ । नारायणी नदीको किनारामा उद्घाटन समारोहको मञ्च तयार पारेको एमालेले महाधिवेशनमा ५ लाख सहभागी हुने दाबी गरेकाे छ ।

पार्टी झण्डा, एक सिंगे गैडाको तस्वीरसहित चुनाव चिन्ह सूर्य र पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद उल्लेखित ब्यानर मञ्चमा राखिएकाे छ ।

चितवनका विभिन्न स्थानमा स्वागतद्वार एवं महाधिवेशनकाे प्रचार सामाग्री राखिएका छन् । नवलपुरको गैडाकोट र चितवनको विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी भइरकेकाे छ । नेतृत्व चयनमा मात्र केन्द्रीत हुने यो महाधिवेशनमा २ हजार १ सय ७५ प्रतिनिधिले भाग लिँदैछन् ।

यसअघिका महाधिवेशनमा अलग अलग प्यानल नै बनाएर नेतृत्व दावी गर्ने प्रचलन भएपनि यसपटक भने एकाध बाहेकले नेतृत्व दावी गरेका छैनन् । यद्यपि नेतृत्व सहमतिमा चयन हुने कि प्रतिस्पर्धामा भन्ने अन्याेलकाे अवस्था कायमै छ । अध्यक्ष बाहेकका पदमा धेरैले दावी गरेकाले सहमतिमा नेतृत्व चयन हुने संभावना कम रहेकाे छ ।

नेतृत्व चयनका लागि शनिबार उम्मेदवारी मनाेनयनकाे कार्यतालिका रहेकाे छ ।

Facebook Comments