एमाले अवकाे निर्वाचनमा पहिलाे पार्टी बन्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको अवकाे निर्वाचनमा एमाले पहिलाे पार्टी बन्ने दावी गर्नुभएकाे छ ।

पार्टीकाे दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले एमाले नै अवका निर्वाचनमा पहिलाे पार्टी बन्ने दावी गर्नुभयाे । यसअघि नै जनादेशका लागि अाफू नेतृत्वकाे सरकारले निर्णय गरेपनि अरू पार्टी निर्वाचनमा जान डराएकाे अध्यक्ष ओलीकाे अाराेप थियाे ।

ओली ले यसअघि अाफ्नाे खुट्टा तान्नेहरु नै अहिले प्रधानमन्त्री देउवा को खुट्टा समातिरहेकाे समेत उल्लेख गर्नुभयाे । जसले गर्दा सरकार अफ्ठयाराेमा परेकाे हुनसक्ने उहाँकाे भनाइ छ ।

Facebook Comments