राष्ट्रपतिबाट संविधानकाे उल्लंघनः देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नै संविधानको ठाडो उल्लंघन भएकाे टिप्पणी गर्नुभएकाे छ ।
प्रेस युनियनले स्थापना दिवसको अवसरमा गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले मिलेमताेमा संविधान उल्लंघन गरेको बताउनुभयाे ।
सरकार गठनका लागि आह्वान भएपछि बहुमत भन्दा बढी सांसदहरूको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय जाँदा पनि साेकाे सुनुवाइ नभएकाे देउवाकाे भनाइ छ ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीका लागि दलकाे भन्दा पनि सांसदकाे अधिकार प्रमुख हुने भएकाले आफूहरू बहुमत सांसदको हस्ताक्षरका साथै गएकाे पनि उहाँकाे स्पष्टाेक्ति छ ।
काँग्रेस लगायत विपक्षी दलहरू राष्ट्रपतिकाे भूमिकाप्रति समेत रूष्ट भएका छन् ।
Facebook Comments

