सरकारलाई सर्वोच्चकाे अंकुशः बहराइनका लागि प्रस्तावित राजदूत कार्कीकाे नियुक्ति राेक्नू
सर्वाेच्च अदालतले बराइनका लागि प्रस्तावित राजदूत युवराज कार्कीकाे नियुक्ति तत्कान नगर्न अन्तरिम आदेश जारी गरेकाे छ । अधिवक्ता दीपकविक्रम कार्कीले राजदूतमा सिफारिस भएका कार्कीको योग्यता र दक्षतामा प्रश्न उठाउँदै दायर गर्नुभएकाे रिटकाे प्रारम्भिक सुनुवाइमा सर्वाेच्चले यस्ताे आदेश जारी गरेकाे हाे ।
सरकारले गरेका आधा दर्जन बढी निर्णयहरू सर्वाेच्चकाे फैसलाले उल्टिरहेका बेला कार्कीकाे नियुक्तिमाथि पनि सर्वाेच्चले अंकुश लगाएकाे हाे ।स्नातक तहसमेत पास नगरेकाले योग्यता नपुगेको भन्दै न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले आइतबार उनको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न भनेको हो।
सरकारले भने मन्त्री भैसकेका व्यक्तिलाई स्नातक तह पास गरेको हुन नपर्ने भन्दै राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेको थियो। तर सर्वाेच्चले उक्त निदेर्शिका पनि कार्यान्वयनमा राेक लगाएकाे छ ।

