प्रतिनिधिसभा विघटन मुद्दामा निवेदक पक्षकाे बहस सकियाे

प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका १ सय ४६ सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकिएको छ भने साेमबारदेखि विपक्षीका तर्फबाट बहस शुरू हुने छ ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र समाभुखकाे कार्यालय गरी विपक्षीका लागि १५ घण्टा समय ताेकिएकाे छ । । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले साे जानकारी दिदैं विपक्षीको बहस सोमबारबाट सुरु हुने इजलासमा जानकारी दिनुभएकाे हाे ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनकाे मुद्दामा बहस गर्न कूल ३२ घण्टाकाे समय निर्धारण गरेकाे छ ।

Facebook Comments