लुम्बिनीमा जसपाका ३ सांसद पुनः निष्कासित
जनता समाजवादी पार्टीले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई पुनः निष्कासनकाे कारबाही गरेको छ ।
मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको हाे ।
जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका उनीहरुलाई यसअघि पनि जसपाले पार्टी र सांसदबाट निष्कासन गरेको थियो । तर सर्वाेच्चकाे अन्तरिम आदेशमा सांसद पद थमौती भएकाे थियाे ।
निर्वाचन आयाेगले जसपाको उपेन्द्र पक्षलाई आधिकारिकता दिएपछि उनीहरू पुनः कार्वाहीमा परेका हुन् ।
Facebook Comments

