चण्डी आधारभूत विद्यालयमा न्यानो कपडा वितरण


लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

बको चार्टर डे २९ डिसेम्बरको पूर्व सन्ध्यामा वार्षिक क्यालेण्डर अनुसार क्लबले पोखरा–२२ उल्लेरीको चण्डी आधारभूत विद्यालयमा विद्यालयका लागि ५० हजार बराबरको टेलिभिजन, डिसहोम, पुस्तक, विद्यार्थीलाई टोपी, स्वेटर, स्टेशनरी र मास्कलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा जोन चियर पर्सन कृष्णप्रसाद तिमिल्सिनाले लायन्स लिडरहरु जहिले पनि आफू भन्दा कम भाग्यमानीहरुलाई सहयोग गर्न पाउँदा रमाउने बताउनुभयाे । उहाँले राज्यलाई सत् मार्गमा हिँडउने भविष्यका कर्णधार भनेकै सामुदायिक विद्यालयका भाइबहिनी भएकाले उनीहरुसँग लायन्स सधै साथमा रहने धारणा राख्नुभयाे ।

क्लबका संस्थापक अध्यक्ष हरि भाटले क्लबले लायन्स लिडरहरुका जन्मदिन पारेर विभिन्न सामाजिक सेवामुलक कार्य गर्ने सन्दर्भमा यस पटक उल्लेरी पुगेको बताउनुभयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर गुरुङले सामुदायिक विद्यालयका भाइबहिनीको सुनौलो भविष्यका लागि अभिभावक पहिला जिम्मेवार हुनुपर्ने बताउनुभयाे ।

विद्यालयका प्रधानाध्यापक विष्णु थापाले क्लबको सहयोग विद्यालयका लागि अमूल्य रहेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयाे । कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनका अध्यक्ष सुब्बा घिमिरे, पूर्व अध्यक्ष कृष्ण रानाभाट, प्रथम उपाध्यक्ष आनन्द पौडेल, सदस्य जमुना बास्तोला लगायतले बोल्नुभएकाे थियाे ।

Facebook Comments